फाल्गुन २५, २०८२ सोमबार | Tue Mar 10 2026

नेपाल क्लियरिङ हाउसलाई ‘नेसनल बेस्ट प्रिजेन्टेड अवार्ड’




नेपाल चार्टर्ड एकाउन्टेन्स् संस्था (आइक्यान)बाट नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) पुरस्कृत भएको छ।

एनसिएचएल नेपाल राष्ट्र बैंक तथा बैंक वित्तीय संस्थाहरूद्वारा प्रवर्द्धन कम्पनी हो। यसले आफ्ना ५२ सदस्य बैंक तथा वित्तीय संस्थाहरूमार्फत सेवा दिँदै आएको छ।

आइक्यानद्वारा सञ्चालित वार्षिक कार्यक्रममा ‘नेसनल बेस्ट प्रिजेन्टेड अवार्ड’अन्तर्गत सन् २०२३ का लागि फाइनान्सियल सर्भिसेस् क्षेत्रको विधातर्फ ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरिएको हो।

एनसिएचएलले आ।व। ०७९र८० का लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा उक्त पुरस्कार प्रदान गरिएको हो। अघिल्ला वर्षहरूमा समेत एनसिएचएलले आइक्यान तथा एकाउन्टेन्टहरूको दक्षिण एसियाली संस्था ९साफा०बाट ‘बेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट अवार्ड’ प्राप्त गर्दैआएको छ।

  :