काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच उपत्यकाको ट्राफिक व्यवस्थापनका विभिन्न समस्या र समाधानका उपायबारे विस्तृत छलफल गर्दे ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन सहकार्य गर्ने सहमति भएको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेट गरी विभिन्न समस्या र…