काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा जलाइएको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न गरी आज हस्तान्तरण गरिएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले उक्त ट्राफिक प्रहरी कन्ट्रोल रुम पुनः निर्माण गरी आज एक कार्यक्रमबीच सङ्घका अन्तरराष्ट्रिय समन्वय परिषद् अध्यक्ष महेशकुमार श्रेष्ठ र उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका…