काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले देशभर १८५ भन्दा बढी स्थानमा चार्जिङ सेन्टर विस्तार गरेको छ । जसमध्ये ३७ वटा फास्ट चार्जिङ स्टेसन (डीसी) र बाँकी एसी चार्जिङ स्टेसन रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १६ स्थानमा ईभीलक्षित सर्भिस सेन्टर र २१ भन्दा बढी सेल्स नेटवर्क विस्तार भइसकेको छ ।…