काठमाडौं । पायोनियर मोटोकर्पले नाइमा र नाडा अटो शोमा नै बुकिङ लिएको बिद्युतीय गाडी चेरी क्यू ग्राहकहरुलाई डेलिभरी दिन शुरु गरेको छ ।
चेरी क्यूको टप भेरियन्टको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । त्यसमा लन्च स्पेशल प्राइस भन्दै कम्पनीले २ लाख रुपैयाँ छुट दिने घोषणा गरेको थियो ।
मूल्यमा अफरसँगै कम्पनीले अटो प्लस इन्स्योरेन्स, ७ किलोवाटको चार्जर र ११ वर्ष वा २ लाख ४० हजार किलोमिटरसम्मको एक्स्टेन्डेड वारेन्टी प्रदान गरेको हो ।
चेरी क्यूमा ४१.२ किलोवाट आवर क्षमताको ब्याट्री छ । यसले एकपटकको फुलचार्जमा ४०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।
चेरी क्यूमा अत्यन्तै प्रभावकारी चार्जिङ सुविधा छ । यसले ८५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । यसमा रहेको ब्याट्रीलाई केबल १६ मिनेटमा ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
चेरी क्यूले विश्वप्रसिद्ध रेड डट डिजाइन अवार्ड २०२५ तथा आइएफ डिजाइन अवार्ड २०२६ जित्न समेत सफल भएको छ ।







प्रतिक्रिया