काठमाडौं । लिपमोटरको नेपालका लागि आधिकारिक विक्रेता सांग्रिला मोटर्स प्रालिले नयाँ इलेक्ट्रिक एसयूभी बी०३एक्सको डेलिभरी सुरु गरेको छ ।
काठमाडौंमा सडक परीक्षण तथा औपचारिक सार्वजनिक कार्यक्रम सम्पन्न गरेपछि कम्पनीले पहिलो चरणका ग्राहकलाई गाडी हस्तान्तरण गरेको हो ।
डेलिभरी सुरु भएको अवसरमा सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले बी०३एक्सप्रति ग्राहकले देखाएको उत्साह र विश्वासप्रति धन्यवाद व्यक्त गरे । बाँकी बुकिङ भएका गाडी पनि छिटो ग्राहकसम्म पु(याउन कम्पनीको टोली सक्रिय रहेको पनि गोल्छाले बताए ।
नेपाली सडक र भूगोललाई ध्यानमा राखेर ल्याइएको बी०३एक्समा १४५ किलोवाटको मोटर र ५३ किलोवाट आवर क्षमताको ब्याट्री छ । कम्पनीका अनुसार यसले एकपटकको फुल चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज प्रदान गर्छ । फास्ट चार्जरको प्रयोग गर्दा यसको ब्याट्री १६ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।







प्रतिक्रिया