काठमाडौं । साझा यातायातले ललितपुर महानगरपालिकासँगको सहकार्यमा ५ वटा विद्युतीय माइक्रोबस खरिद गरेको छ । साझा यातायातले किङलङ ब्राण्डका १६ सिट क्षमतामा माइक्रोबस खरिद गरेको हो ।
नेपालका लागि किङलङको आधिकारिक बिक्रेता सीजी मोटर्सले साझालाई ५ वटा इलेक्ट्रीक माइक्रोबस हस्तान्तरण गरेको हो । ती माइक्रोबस ललितपुर महानगरपालिका क्षेत्र भित्र सञ्चालन गर्ने गरी खरिद गरिएको हो । तर रुटको टुङ्गो भने लागिसकेको छैन ।
ललितपुर महानगरसँग समन्वय गरी रुटको टुंगो लगाइने साझा यातायातले जनाएको छ । दशैंअघि नै ती माइक्रोबस सञ्चालनमा ल्याउने तयारी भईरहेको बताइएको छ ।







प्रतिक्रिया