२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

भ्वाइस अफ चिल्ड्रेन र डेनभर विश्वविद्यालयबीच दीर्घकालीन सहकार्य विस्तारबारे छलफल

काठमाडौं । बाल अधिकार तथा संरक्षणका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था ‘भ्वाइस अफ चिल्ड्रेन’ र अमेरिकाको डेनभर विश्वविद्यालयबीच दीर्घकालीन साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ। भ्वाइस अफ चिल्ड्रेनका उपनिर्देशक उत्तमप्रसाद ढकालले डेनभर विश्वविद्यालयको भ्रमणका क्रममा बाल संरक्षण तथा सुरक्षा, नेपालमा हालै आएको बाढीपहिरोको अवस्था र प्रभावित बालबालिका तथा परिवारको अवस्थाबारे जानकारी गराएका…