६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

होन्डाले ३५० सीसी सेगमेन्टमा नयाँ बाइक ल्याउने



होन्डा मोटरसाइकलले भारतमा सीबी३५० ब्रिगेड नामको ट्रेडमार्क गरेको छ, तर आवेदन अझै प्रक्रियामा छ र स्वीकृत भएको छैन । होन्डा सीबी३५० को माध्यमले कम्पनी ३५०सीसी सेगमेन्टमा प्रवेश गरेको थियो । होन्डाको सो बाइकले राम्रो प्रतिक्रिया पाएको छ र कम्पनीले यो मोडललाई निरन्तर विस्तार गरिरहेको छ ।

सीबी३५० ब्रिगेड कम्पनीको सीबी३५० को तेस्रो भेरिएन्ट हुन सक्ने अनुमान गरिएको छ । स्ट्यान्डर्ड भेरियन्टमा सो रेट्रो बाइक ड्युअल टोन बडी पेन्ट, ड्युअल क्रोम फिनिश हर्न, स्प्लिट एलईडी हेडलाइट, एलईडी टेलल्याम्प, एलईडी टर्न इन्डिकेटर, क्रोम फिनिश फ्रन्ट र रियर मडगार्ड र क्रोम फिनिश साइलेन्सर उपलब्ध छ । सो बाइकमा ब्लुटुथ कनेक्टिभिटी फिचर उपलब्ध छ जसको मद्दतले बाइकलाई ब्लुटुथ मार्फत स्मार्टफोनमा कनेक्ट गर्न सकिन्छ ।

सो बाइकमा सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल समावेश गरिएको छ । बाइकको लागि एक विशेष मोबाइल एप पनि उपलब्ध गराइएको छ । ब्लुटुथ हेडसेट भएको हेलमेटलाई बाइकको ब्लुटुथमा पनि जोड्न सकिन्छ ।

सो फिचरबाट म्युजिक प्लेब्याक, इनकमिङ कल, म्यासेज र नेभिगेसन जस्ता फिचरको लाभ उठाउन पनि सकिन्छ ।हाईनेस सीबी ३५० एनिभर्सरी एडिशन २ रंगमा उपलब्ध गराइएको छ । बाइकमा ब्राउन स्प्लिट सिट, क्रोम साइड स्ट्यान्ड र इन्धन ट्याङ्कीमा एनिवर्सरी एडिशन लोगो छ ।

हाईनेस सीबी ३५० मा ड्युअल च्यानल एबीएसको साथमा ड्युअल डिस्क ब्रेक जडान गरिएको छ । यसमा ३४८.३६ सीसी सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन समावेश छ। सो इन्जिनले २०.८ बीएचपी पावर र ३० एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पिड गियरबक्स छ ।

  :