काठमाडौं । चीनको सिटी बस निर्माता कम्पनी हाइगरका २४ युनिट इलेक्ट्रिक सिटी बस नेपालका लागि प्रस्थान गरेका छन्।
नेपालका लागि हाइगरको आधिकारिक बिक्रेता शशिला मोटर्सले ती बस ल्याउन लागेको हो । शशीला मोटर्सका म्यानेजिङ डाइरेक्टर सन्तोष खतिवडाका अनुसार नेपालका यातायात व्यवसायीहरूको माग र आवश्यकताअनुसार तयार गरिएका यी बस छिट्टै नेपाली सडकमा सञ्चालनमा आउने छन् ।
खतिवडाका अनुसार हाइगरका बस तथा कोच विश्वका करिब १२७ देशमा बिक्री–वितरण हुँदै आएका छन्।
हाइगरका इलेक्ट्रिक सिटी बसको आगमनले नेपालको सार्वजनिक यातायात तथा यात्रु आवागमनको क्षेत्रमा नयाँ अध्याय सुरु हुने विश्वास खतिवडाले गरेका छन् ।







प्रतिक्रिया