काठमाडौं । हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा लिपमोटरले ३०० भन्दा बढी ईभी बुकिङ हासिल गर्न सफल भएको छ । नेपालमा लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडीको बुकिङ भएको दावी गरेको छ । एक्स्पोमा सार्वजनिक गरिएको लिपमोटर बी ०३ एक्स विद्युतीय एसयूभीप्रति आकर्षण बढी देखिएको पनि कम्पनीले…