काठमाडौं । चालु आर्थिक वर्षको असोज महिनामा ३ हजार ६ सयभन्दा बढी बिद्युतीय कार आयात भएको भन्सार विभागको तथ्याङ्कले जनाएको छ ।
व्यवसायीहरूले दशैं, तिहार चाडवाडलाई लक्षित गर्दै असोजमा २२ ब्राण्डका कुल ३ हजार ६९५ युनिट विद्युतीय कार आयात गरेको विभागको तथ्याङ्कमा उल्लेख छ । जसमा सर्वाधिक आयात हुने ईभी डोङफेङ नामी भिगो बनेको छ । डोङफेङको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले असोज महिनामा मात्रै ८२९ युनिट भिगो नेपाल भित्र्याएको हो ।
यस्तै असोजमा बीवाइडी एटो २ दोस्रो धेरै आयात भएको छ । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले यो १ महिनामा ६३८ युनिट एटो २ भित्र्याएको हो । असोजमा तेस्रो धेरै आयात हुने मोडलमा बीवाइडीकै एटो १ रहेको छ । असोजमा ३५० युनिट एटो वान भित्रिएको छ ।
चौथोमा टाटाको पन्च ईभी रहेको छ । टाटाको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले असोजमा ३३३ युनिट पन्च ईभी नेपाल भित्र्याएको हो ।
पछिल्लो समयमा नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी साधनहरूको वर्चस्व तीव्र रूपमा बढिरहेको छ। बिद्युतीय गाडीहरुको कम सञ्चालन खर्च, बढिरहेको चार्जिङ पूर्वाधार र बैंकहरूको सहज फाइनान्स सुविधाका कारण नेपाली ग्राहकहरू बिद्युतीय सवारी साधनप्रति आकर्षित भईरहेका छन् ।







प्रतिक्रिया