२८ कार्तिक २०८३, शुक्रबार | Sat Nov 14 2026

कात्तिक १५ देखि २२ गतेसम्म ‘एथर अपग्रेड फेस्टिभल’



काठमाडौं । नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले कात्तिक १५ देखि २२ गतेसम्म देशभर विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ‘एथर अपग्रेड फेस्टिभल’ सञ्चालन गर्ने भएको छ ।

कम्पनीले उक्त फेस्टिभल अन्तर्गत एथरका नयाँ विद्युतीय स्कुटर खरिदमा एक लाख रुपैयाँसम्म क्यासब्याक उपलब्ध गराउने समेत जनाएको छ । फेस्टिभल देशभरका सहभागी एथर एक्सपिरियन्स सेन्टरहरूमा सञ्चालन हुनेछ । काठमाडौं उपत्यकासहित देशका विभिन्न प्रमुख सहरमा रहेका सेन्टरमार्फत ग्राहकले स्कुटरका मोडल, प्रविधि तथा उपलब्ध अफरबारे जानकारी लिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नक्साल, भक्तपुर, टेकु, झम्सिखेल, बौद्ध, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड, वीरगञ्ज, धरान, विराटनगर, नेपालगञ्ज, सुर्खेत र धनगढीमा रहेका एथर एक्सपिरियन्स सेन्टरहरूमा फेस्टिभल सञ्चालन हुनेछ ।

कम्पनीका अनुसार ८ दिनसम्म सञ्चालन हुने यस अभियानमार्फत ग्राहकले आफ्नो पुरानो सवारी साधनबाट आधुनिक विद्युतीय स्कुटरमा अपग्रेड गर्ने अवसर पाउने छन् । चाडपर्वको उल्लासलाई निरन्तरता दिँदै आयोजना गरिएको फेस्टिभलले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

एथरले आधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता र आरामदायी यात्रालाई प्राथमिकता दिँदै आफ्ना स्कुटरहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । कम्पनीका स्कुटरमा गुगल म्याप्स नेभिगेसन, टचस्क्रिन ड्यासबोर्ड, क्रुज कन्ट्रोल तथा म्याजिक ट्विस्टजस्ता सुविधाहरू रहेका छन् । ब्याट्रीमा ८ वर्षसम्मको वारेन्टी उपलब्ध हुने कम्पनीले जनाएको छ ।

  :