काठमाडौं । भारतीय विद्युतीय दुईपाङ्ग्रे सवारीसाधन ब्रान्ड जेलियो नेपाल भित्रिएको छ ।
जेलियोको नेपालका लागि आधिकारिक वितरक गो ग्रिन बिजनेस एन्ड सोलुसन प्रालिले ग्राहकको दैनिक आवागमनलाई सहज, किफायती र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न मोडलका इलेक्ट्रिक स्कुटरहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।
जेलियो ईभी स्कुटरमा आकर्षक तथा आधुनिक डिजाइनसँगै दैनिक प्रयोगलाई ध्यानमा राखेर उच्च दक्षताको इलेक्ट्रिक मोटर, आधुनिक ब्याट्री प्रविधि, डिजिटल डिस्प्ले, आरामदायी राइडिङ, राम्रो स्टोरेज क्षमता तथा सुरक्षा सुविधा जस्ता विशेषता उपलब्ध मोडलअनुसार समावेश गरिएका छन्।
जेलियो ईभी स्कुटर खरिद गर्ने ग्राहकका लागि कम्पनी तथा आधिकारिक डिलर नेटवर्कमार्फत उपलब्ध मोडल र योजनाअनुसार आकर्षक खरिद योजना, फाइनान्स सुविधा, एक्सचेन्ज सुविधा, टेस्ट राइड सुविधा, बिक्रीपछिको सेवा तथा मर्मतसम्भार, स्पेयर पार्ट्स तथा आवश्यक प्राविधिक सहयोग लगायताका विशेष सुविधाको व्यवस्था गरेको कम्पनीले जनाएको छ ।







प्रतिक्रिया