२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

बजाजको पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर



काठमाडौं । बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
शक्ति, तीव्रता र आत्मविश्वासका लागि परिचित ढाँटसँगको यो सहकार्यले पल्सर एनएसको प्रदर्शनमुखी पहिचानलाई थप बलियो बनाउने कम्पनीले जनाएको छ ।


‘पावर मिट्स पावर’ अवधारणामा आधारित यो सहकार्यले रविन्द्र ढाँटको व्यक्तित्व र पल्सर एनएसको प्रदर्शनबीचको समानतालाई प्रस्तुत गर्ने कम्पनीले जनाएको छ ।

बजाजले पल्सरलाई शक्ति, प्रदर्शन र आक्रामक राइडिङ चरित्रका लागि परिचित मोटरसाइकलका रूपमा प्रस्तुत गर्दै आएको छ । ढाँटसँगको सहकार्यबाट विशेषगरी युवा तथा प्रदर्शनमुखी मोटरसाइकलमा रुचि राख्ने राइडरसँग ब्रान्डको सम्बन्ध थप बलियो हुने कम्पनीले अपेक्षा गरेको छ ।

अब रविन्द्र ढाँट पल्सर एनएसका विभिन्न ब्रान्ड कम्युनिकेसन, अभियान तथा उपभोक्ता संलग्नताका गतिविधिमा सहभागी हुनेछन्। यसमार्फत पल्सरका उत्पादनका विशेषता तथा प्राविधिक पक्षसँगै शक्ति, आत्मविश्वास र प्रदर्शनलाई समेत प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।बजाजका अनुसार, रविन्द्र ढाँट र पल्सरबीचको सहकार्य दुई फरक पहिचानलाई एउटै भावनामा जोड्ने प्रयास हो । दुवैको केन्द्रमा रहेको शक्ति र प्रदर्शनको भावनाले पल्सरको व्यक्तित्वलाई अझ स्पष्ट र विशिष्ट बनाउन सहयोग गर्ने कम्पनीको विश्वास छ ।

पल्सर र रविन्द्र ढाँटसँग सम्बन्धित आगामी अभियान तथा सामग्रीका लागि ग्राहकहरूले बजाज नेपालको आधिकारिक सामाजिक सञ्जाल तथा अन्य सञ्चार माध्यमहरू हेर्न सक्नेछन् । साथै, पल्सरका बारेमा थप जानकारीका लागि नजिकैको बजाज शोरुममा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

  :