काठमाडौं । नेपालका लागि म्याक्ससको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रोक्स प्रालिले नेपाली बजारमा म्याक्ससको ई डेलिभर ५ प्रिमियम १६ सिटे इलेक्ट्रिक माइक्रोबस सार्वजनिक गरेको छ ।
कम्पनीले म्याक्सस ई डेलिभर ५ को मूल्य ६९ लाख ५० हजार रुपैयाँ तोकेको छ । यो गाडी विशेषगरी होटल, रिसोर्ट, अन्य पर्यटन क्षेत्रको आतिथ्य सेवा तथा व्यावसायिक यातायात क्षेत्रका लागि उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरिएको पनि कम्पनीले जनाएको छ ।
नेपालको सार्वजनिक यातायातमा विद्युतीय सवारीको प्रयोग बढ्दै गएको छ । यस्तोमा आकर्षक बनावट, सुविधा सम्पन्न इन्टेरियर, उन्नत सुरक्षा प्रविधि, आरामदायी तथा यात्रु सुविधा र व्यावहारिक उपयोगिताको संयोजन रहेको म्याक्सस ई डेलिभर ५ उत्कृष्ट विकल्प भएको कम्पनीले जनाएको छ।
म्याक्सस डेलिभर ५ मा ६४ किलोवाट आवर क्षमताको सीएटीएल ब्याट्री जडान गरिएको छ। जसले एकपटकको फुलचार्जमा एनईडीसी परीक्षण अनुसार ४०० किमीसम्म रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।
यसमा १२० किलोवाट पावर दिने इलेक्ट्रीक मोटर छ । जसले २४० न्युटन मिटर टर्क उत्पादन गर्छ । यसले ७० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । जसबाट ब्याट्रीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३६ मिनेट मात्र लाग्दछ।
कम्पनीले ई डेलिभर ५ को ब्याट्रीमा ८ वर्ष र मोटरमा ५ वर्षको वारेन्टी दिएको छ । कम्पनीले केही समयअघि मात्रै म्याक्सस ई टेरेन ९ पिकअप पनि बजारमा ल्याएको थियो ।







प्रतिक्रिया