काठमाडौं । बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले भक्तपुरको सिर्जनानगरमा सोमबारदेखि बीबाईडीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।
थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) सुविधा हुने उक्त सर्भिस सेन्टरले भक्तपुरका साथै काठमाडौंको पूर्वी भेग र काभ्रेका बीवाईडी प्रयोगकर्ता लाभान्वित हुने विश्वास कम्पनीको छ । योसहित मुलुकभर बीवाईडीको सर्भिस सेन्टरको संख्या १४ पुगेको छ।
२५ सय स्क्वायर फिटमा निर्मित यो ‘फाइभ वे’ क्षमताको सर्भिस सेन्टर हो। नयाँ सर्भिस सेन्टरमा पर्याप्त पार्किङ सुविधा उपलब्ध हुनुका साथै एक दिनमा ४० वटासम्म गाडीलाई सर्भिस दिन सक्ने पनि कम्पनीले जनाएको छ ।
साइमेक्स इंकका सीईओ शाहिल श्रेष्ठले कम्पनीले पछिल्लो समय सर्भिस सेन्टर विस्तारलाई प्राथमिकता दिइरहेको बताए । कम्पनीको उद्देश्य गाडी बिक्री गर्नु मात्र नभई ग्राहकलाई बिक्रीपछि पनि उत्कृष्ट सेवा दिनु रहेको उनको भनाई थियो ।







प्रतिक्रिया