२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

सिजी मोटर्सले ल्यायो ‘दशैंको बहार, आयोनको उपहार’ योजना



काठमाडौं । नेपालको लागि जीएसी आयोनको आधिकारीक बिक्रेता सिजी मोटर्सले यस बर्षको बडा दशैंको अवसरमा ‘दशैंको बहार, आयोनको उपहार’ योजना ल्याएको छ । यस योजना अन्तर्गत सबै मिलाएर ९ लाख रुपैयाँसम्मको छुट उपभोक्ताहरुले प्राप्त गर्नेछन् ।


यस योजना अन्तर्गत आयोनका सवारी खरिद गर्ने ग्राहकले आकर्षक नगद छुट, एक्सचेन्जमा आकर्षक बोनस, एक आर्थिक वर्षको वार्षिक कर कम्पनीले नै तिर्नेछ । साथै, एक वर्षको अटो प्लस बीमा, ६।६ किलोवाटको घरायसी चार्जर तथा गाडीको लागि आवश्यक पर्ने विभिन्न सामग्री निःशुल्क दिने जनाएको छ ।

उपलब्ध मोडल अनुसार ग्राहकले लामो समय कुर्न नपर्ने गरी नयाँ आयोन घर लैजान सक्ने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । दशैंको अवसरमा सार्वजनिक गरिएको योजनाले विद्युतीय सवारी खरिदलाई थप सहज र किफायती बनाउने कम्पनीले विश्वास लिएको छ । नयाँ अफर योजना आयोनका आधिकारिक शोरुमहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

  :