६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

भियतनाम घुम्न चाहनेलाई खुशीको खबर, रुप्सेले चार्टड उडान गर्दै




काठमाडौं– रुप्से होलिडेजले यही असोज ३० गते नेपाल–भियतनाम दुई वटा चार्टड उडान गर्ने जनाएको छ । चार्टर्ड उडानमा नेपालबाट ५ दिनका लागि भियतनाम घुम्ने प्याकेजको मूल्य १ लाख ९ हजार ९ सय ९९ निर्धारण गरिएको छ ।

यसमा हवाई टिकट, भिसा लेटर, एयरपोर्टबाट पिक र ड्रप, ब्रेकफास्टसहित होटलको कोठा, स्थानीय टुरका लागि हुने खर्च, गाइड र यातायात खर्च समावेश रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्याकेजको खर्च एकैपटक तिर्न नसक्नेहरुलाई किस्ताबन्दीको पनि सुविधा छ । मासिक ५ हजारका दरले किस्ता तिर्ने गरी चार्टड उडानबाट भियतनाम घुम्न जान पाइन्छ ।

रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीले नेपाल र भियतनाम दुईतर्फी पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित दुई वटा चार्टर्ड उडान गर्न लागेको बताउनुभयो । नेपाल र भियतनामबीच सीधा उडान नरहेकाले चार्टर्ड उडानमार्पmत भ्रमण गराउन लागिएको पराजुलीले जानकारी दिनुभयो ।

  :