४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

टेस्ला, अडी तथा पोर्स गाडी किन्न चाहनुहुन्छ, महालक्ष्मी बैंकले सुलभ कर्जा दिने




काठमाडौं– महालक्ष्मी विकास बैंकले टेस्ला, अडी तथ पोर्सजस्ता ब्राण्डका किन्नको लागि ९.९९ प्रतिशतमा ऋण दिने भएको छ । बैंक र टेस्ला, अडी तथा पोर्स गाडीको नेपालका लागि आधिकारिक वितरक अरेत इन्टरनेशनलबीच ऋण प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।


विद्युतीय गाडीको हकमा अधिकतम पाँच वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेसन मूल्यको ८० प्रतिशत ९जुन कम हुन्छ० बराबरको कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

विद्युतीयबाहेकको अन्य गाडीमा अधिकतम आठ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेसन मूल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्ने बताएको छ ।

कर्जा लिन चाहने ग्राहकले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल, सबै शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ ।

  :