२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

इसेवा मनी ट्रान्सफरको एक महिनासम्म ‘रेमिट पर्व’




काठमाडों– डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले रक्षाबन्धन, बुवाको मुख हेर्ने दिन तथा हरितालिका तीजको अवसरमा साउन ३० देखि एक महिनासम्म ‘रेमिट पर्व’ शुरु गरेको छ ।

परिवारहरुलाई नजिक ल्याई तपाईंहरुको माया अझ गाढा बनाउँदै लैजाने उद्देश्यले रेमिट पर्व शुरु गरेको इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले बताउनुभयो ।

कम्पनीका अनुसार साउन ३० देखि १ महिनासम्म सञ्चालन हुने योजनामा हरेक हप्ता २५ हजार जित्न सकिनेछ । योजनामा सहभागी हुन ग्राहकले विदेशबाट आफ्ना आफन्तको इसेवा वालेटमा प्रतिकारोबार न्यूनतम १० हजार रेमिट पठाउनु पर्नेछ ।

इसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट, बैंक तथा वित्तिय संस्था र आफ्ना भुक्तानी केन्द्रमार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ईसेवा मनी ट्रान्सफर, देशभरका उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी हो ।

  :