पुस २९, २०८२ मंगलबार | Wed Jan 14 2026

रिलायन्स फाइनान्सका ग्राहकलाई केएमसीको स्वास्थ्य सेवामा छूट




काठमाडौं– रिलायन्स फाइनान्स लिमिटेडका ग्राहक, शेयरधनी तथा कर्मचारीले काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)मा स्वास्थ्य सेवामा छूट पाउने भएका छन । यसबारेमा रिलायन्स फाइनान्स र केएमसीबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार रिलायन्सका ग्राहक, शेयरधनी तथा कर्मचारीले केएमसीले प्रदान गर्ने विविध स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छूट पाउने छन् । काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको संस्थाले २१ ओटा शाखामार्फत वित्तीय कारोबार गर्दै आएको छ ।

संस्थाले ग्राहकलाई सहज तथा सर्व सुलभ तरीकाले विभिन्न शीर्षकमा कर्जा प्रदान गर्नुका साथै विभिन्न निक्षेप योजना लागू गरी आकर्षक ब्याज प्रदान गर्दै आएको बताइएको छ । संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीलाई ई–बैंकिङ, एससीटी नेटवर्क एटीएम, विभिन्न रेमिटेन्स, सी–आस्बा, कनेक्ट आईपीएस, एबीबीएस, ईसीसी, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ लगायतका सेवा प्रदान गर्दै आएको छ ।

  :