३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

एनआईसी एसिया बैंकलाई ‘बेस्ट इन डिजिटल अवार्ड’




काठमाडौं– भारतीय चेम्बर अफ कमर्सद्वारा भारतको नयाँदिल्लीमा आयोजित सेकेण्ड आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्डस् अन्तर्गत एनआईसी एसिया बैंकले ‘बेष्ट इन डिजिटल अवार्ड’ पाएको छ ।


। उक्त प्रतिस्पर्धामा बिमस्टेक देशहरु नेपाल, भारत, बंगलादेश, श्रीलंका, भूटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो । यी देशका बैंकहरुले विभिन्न आठ विधामा प्रतिस्पर्धा गरेका थिए । जसमा नेपालबाट एनआईसी एसिया बैंकले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो ।

डिजिटल फस्ट बैंक बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैकिङ सेवाहरु क्रमिक रुपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको एनआईसी एसिया बैंकलाई प्राप्त उक्त पुरस्कारले डिजिटल बैकिङमा अझ बढी उत्प्रेरणा प्रदान गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

  :