३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

नाडा अटो शोः साँढे ८२ हजार दर्शकद्वारा अवलोकन, १५ अर्बको ४२०० गाडी बुकिङ




काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा भाद्र ११ गतेदेखि शुरु भएको १६ औं संस्करण नाडा अटो शो २०२४ आइतबार सम्पन्न भएको छ ।

६ दिनसम्म चलेको नाडा अटो शोलाई ८२ हजार ४७० दर्शकहरुले अवलोकन गरेको नाडा अटो मोबाइल एसोसिएसन अफ नेपालले जनाएको छ । शोमा ४ हजार २ सय सवारी साधन बुकिङ भएको नाडाका पदाधिकारीहरुले जनाएका छन् । बुकिङ भएका सवारी साधनहरु झण्डै १५ अर्ब बराबरको भएको पनि नाडाका पदाधिकारीहरुले बताएका छन् । शोमा बुकिङ भएका अधिकांश बिद्युतीय सवारी साधन (ईभी) छन् ।

बैंकहरुले ८० प्रतिशतसम्म स्थीर ब्याजदरमा कर्जा दिने स्कीम, बिक्रेता कम्पनीहरुले ल्याएको विशेष छूटसहितको अफर, सस्तो मूल्य लगायतका कारण ग्राहकहरु ईभीप्रति नै आकर्षित भएका थिए । नाडा अटो शोमा २१ लाखदेखि १ करोड ९० लाख सम्मका ईभी गाडीहरु राखिएका थिए । आफूले सोचेको भन्दा पनि नाडा अटो शो २०२४ उत्कृष्ट भएकोमा नाडाका पदाधिकारीहरु निकै उत्साहित देखिएका छन् ।

  :