२९ मंसिर २०८१, शनिबार | Sun Dec 15 2024

कन्स्ट्रक्सन मेसिनरीहरुका लागि बीवाईडीको ब्याट्री प्याक




काठमाडौं– चिनियाँ कम्पनी बीवाईडीले निर्माणका लागि प्रयोग हुने मेसिनका लागि ब्याट्री प्याक ल्याएको छ ।

अहिलेसम्म विश्वमा केवल ३ प्रतिशत कन्स्ट्रक्सन मेसिनरीहरु बिद्युतीय रहेको अवस्थामा बीवाईडीले कन्स्ट्रक्सन मेसिनरीका लागि तीन ब्याट्री प्याक सार्वजनिक गरेको हो । कम्पनीले तीब्र गतिमा चार्ज हुने ३७, ९७ र १२० किलोवाट आवर क्षमताका तीन ब्याट्री प्याक सार्वजनिक गरेको हो ।

फोर सी चार्जिङ सपोर्ट गर्ने ब्याट्री २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न केवल १० मिनेट लाग्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नयाँ ब्याट्रीको चार्जिङ साइकल पनि उत्कृष्ट छ ।

  :