काठमाडौं– भारतीय गाडी निर्माता कम्पनी टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले कर्भ इभी आगामी फेब्रुअरी महिनाको अन्तिम साता नेपाल ल्याउने तयारी गरेको छ ।
सिप्रदी ९८ किलोवाट मोटर पावरको कर्भ इभी नेपाल भित्र्याउन लागेको हो । कम्पनीले ५५ किलोवाट आवर क्षमताको ब्याट्री प्याक भएको भेरियन्ट नेपाल ल्याउने प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
उक्त ईभीको मूल्य करिब ५० लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया