माघ १, २०८२ बुधबार | Thu Jan 15 2026

फोटो पत्रकारहरुलाई ग्लोबल आईएमई बैंकले क्यामेरा किन्न ऋण दिने




काठमाडौं– ग्लोबल आईएमई बैंकले फोटो पत्रकारहरुलाई क्यामेरा खरिदका लागि बिना धितो दुई लाखदेखि पाँच लाखसम्म शून्य ब्याजदरमा ऋण दिने भएको छ ।

बैंक र राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)बीच क्यामेरा खरिदका लागि सम्झौता भएको छ । सम्झौता अनुसार एनएफपीजेमा आबद्ध सदस्यहरूले क्यामेरा खरिदका लागि ग्लोबल आईएमई बैंकबाट बिना धितो दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म शून्य ब्याजदरमा ऋण पाउने छन् ।

शुक्रबार एक कार्यक्रमका बीच बैंकका हेड ट्रान्जेक्सन प्रकाश पौडेल र एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । पत्रकारले क्यामेरा खरिद गर्न ऋणका लागि नागरिकता, तलब प्रमाणपत्र र आय कागजात, बैंक स्टेटमेन्ट, फोटो र आवेदन फारम संकलन गरेर एनएफपीजेले सहजीकरण गर्नेछ ।

  :