१ चैत्र २०८१, शनिबार | Sun Mar 16 2025

आरामदायी बसाईका लागि सिन्धुलीको सुदीप होटल



काठमाडौंबाट वीपी राजमार्ग हुँदै एक सय किलोमीटरको यात्रा गरेपछि सिन्धुलीको खाल्टे पुग्न सकिन्छ । शहरको कोलाहल र व्यस्तता छलेर केही घण्टामा नै पुग्न सकिने मनोरम गन्तव्य हो खाल्टे । काठमाडौं र तराईलाई छोटो दूरीमा जोड्ने बीपी राजमार्गमा सिन्धुलीको सुनकोशी गाउँपालिका अन्तर्गत पर्दछ खाल्टे ।


खाल्टेमा रहेको एउटा प्रसिद्ध तथा पुरानो होटल हो सुदीप होटल । यस होटलको स्वच्छ र मनोरम वातावरणका कारण पाहुनाहरुलाई आकर्षित गर्दै आएको छ । अर्गानिक खानेकुरा यस होटलको अर्को विशेषता हो ।


यस होटलमा सुविधासम्पन्न कोठाहरु रहेका छन् । सम्पूर्ण कोठाहरुमा टेलिभिजन, तातो चिसो पानी, एसी, वाईफाई जस्ता सेवाहरु छन् । होटलमा रेष्टुरेन्ट एण्ड बार, भान्साघरको सेवा समेत रहेको छ । यस होटलको स्वच्छ, स्वस्थ वातावरण र रेष्टुरेन्टमा पाक्ने खानाको स्वाद तथा आरामदायी बसाईका लागि यस होटल निकै लोकप्रिय बन्न पुगेको छ ।


आफ्ना पाहुनाहरुलाई विभिन्न सेवा सुविधा उपलब्ध गराएर सिन्धुलीकै नमूना होटलका रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ यस सुदीप होटल ।

  :