काठमाडौं– नेपाल राष्ट्र बैंकले ईभीलाई ४० प्रतिशत डाउन पेमेन्ट अनिवार्य गरेसँगै नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लू वृद्धिले ६ लाख रुपैयाँ डाउन पेमेन्ट गरे पुग्ने स्कीम ल्याएको छ ।
स्कीम अनुसार ग्राहकहरूले मात्र २० प्रतिशत डाउनपेमेन्ट गरि डोङफेङ नामीका ईभीहरू किन्न सक्ने कम्पनीले जनाएको छ। नामी ईभीको सुरुवाती भेरियन्टको लागि डाउन पेमेन्ट ५ लाख ९९ हजार रुपैयाँमा निर्धारण गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यस स्कीममा ग्राहकहरूलाई कुनै पनि अतिरिक्त रकमको आवश्यकता पर्दैन । सरल र सजिलो खरिद प्रक्रिया पूरा गर्न नामीले ८० प्रतिशतसम्म फाइनान्सिङ गर्ने पनि एमएडब्लू वृद्धिले जानकारी दिएको छ ।
प्रतिक्रिया