काठमाडौं–नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै ‘खुसीको मिटर’ अफर ल्याएको छ ।
‘खुसीको मिटर’ अफरसँग जोडिएर ग्राहकहरूले डिजिटल अनुभवमार्फत १ लाख रुपैयाँसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरू पाउने पनि कम्पनीले जनाएको छ । बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको छ । जसअन्तर्गत जो कोही सहभागी भई घरमै बसी बसी विभिन्न आकर्षक उपहारहरू जित्न सकिने पनि कम्पनीले जानकारी दिएको छ ।
उक्त उपहार प्राप्त गर्ने विजेताले कुनै पनि बजाज मोटरसाइकलको टेस्ट राइड गर्नुपर्नेछ । क्याम्पेनको अवधिमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकहरूका लागि अर्को चरणको गेम पनि शोरूममा खेल्न पाउने छन् । यो इन–स्टोर डिजिटल अनुभवमा ग्राहकले स्क्रिनमा देखिएको ‘खुसीको मिटर’ रोकेर १ लाखसम्मको नगद पुरस्कार जित्न सक्ने
प्रतिक्रिया