मंसिर २६, २०८२ बिहीबार | Thu Dec 11 2025

सेवाग्राही र कर्मचारीलाई लक्षित गरी ग्लोबल आइएमई बैंकको चार्जिङ स्टेशन कमलादीमा




काठमाडौं– विश्व वातावरण दिवसको अवसर पारेर ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो कर्पोरेट कार्यालय, कमलादीमा विद्युतीय सवारी साधन (इभी) चार्ज गर्न चार्जिङ स्टेशन स्थापना गरेको छ ।


बैंकले स्थापना गरेको चार्जिङ स्टेशनमा ४० किलोवाट क्षमताको सिसिएसटू सिगंल गन राखिएको छ । उक्त चार्जिङ स्टेसनको बैंकका संचालक कृष्णप्रसाद शर्मा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेका थिए।

उक्त चार्जिङ स्टेशनमा बैंकमा सेवाको लागि आउने ग्राहक र बैंकको कर्मचारीहरुलाई आफ्नो इभी गाडी चार्ज गर्न व्यवस्था गरिएको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोगकर्ता बढेसंगै बैंकमा आउने ग्राहकहरुको सवारी साधनलाई लक्षित गरी बैंकले चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले सञ्चालन गरेको इभि चार्जिङ स्टेशनलाइै अन्य बैंक तथा वित्तीय संस्थाहरुले समेत अबलम्बन गर्ने विश्वास व्यक्त गरिएको छ । उक्त कार्यक्रममा बैंकका उच्च पदस्थ कर्मचारी र गाडी चार्जको प्रतिनीधीहरुको उपस्थिति रहेको थियो ।

  :