काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भने मौद्रिक नीति अपेक्षा गरे अनुसार नआएको र अटो क्षेत्रलाई उपेक्षा गरेको भन्दै आपत्ति जनाएको छ ।
मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्र उत्थानका लागि कुनै विशेष रोडम्याप अथवा सुधारका कार्यक्रम तय नगरिएको र उत्पादनमुखी क्षेत्रलाई सामान्य प्राथमिकता दिइएको भए पनि अटोमोबाइल क्षेत्रलाई स्पष्ट नीतिगत प्राथमिकतामा नराखिएको भन्दै नाडाले आपत्ति जनाएको छ ।
मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रले दिएका सुझाव गम्भीर रूपमा नलिएको र सम्बोधन नगरेको गुनासो समेत नाडाको छ । सवारीसाधन आयातका सन्दर्भमा कुनै सहजीकरणको व्यवस्था नगरिएको, लक्जरी, हेभी सेग्मेन्ट र उच्च प्रविधिका सवारीसाधनमा पुरानै नीति कायम राखिएको समेत नाडाले विज्ञप्ति जारी गर्दै भनेको छ ।









प्रतिक्रिया