१० असार २०८३, बुधबार | Wed Jun 24 2026

काठमाडौंका दुई स्थानमा सिटिजन्स बैंकको चार्जिङ स्टेशन




काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो वातावरणमैत्री अभियानलाई सशक्त बनाउन काठमाडौंको नारायणहिटी पथ र कमलादीस्थित आफ्नै भवनको प्राङ्गणमा आधुनिक इलेक्ट्रिक भेइकल चार्जिङ स्टेसनहरू सञ्चालनमा ल्याएको छ।

बैंकले गाडी चार्ज प्रालिसँगको सहकार्यमा स्थापना गरेको सीसीटू सिगंल गनको क्षमता ४० किलोवाट छ। बैंकमा आज आयोजित एक कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सो चार्जिङ स्टेसनहरूको उद्घाटन गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले वातावरणीय संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले इभी चार्जिङ स्टेसन स्थापना गर्ने रणनीति अघि सारेको बताए। आगामी दिनमा सातै प्रदेशका आफ्नै भवनको प्राङ्गणमा चार्जिङ स्टेसनहरू स्थापना गरिने उनले जानकारी दिए।

सिटिजन्स बैंकले आधुनिक प्रविधियुक्त चार्जिङ यन्त्रहरू जडान गरी ग्राहकहरूलाई सहज, सुरक्षित र छरितो सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

  :