काठमाडौं–नेपालका लागि दिपल र चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले चांगानको नयाँ इलेक्ट्रिक ह्याचब्याक लुमिन सार्वजनिक गरेको छ ।
नयाँ लुमिनलाई एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, डाइरेक्टरहरु तुलिका अग्रवाल, हर्षिता अग्रवाल, रुपाली सराग्वी र प्रमुख कार्यकारी अधिकृत रुपेश शर्मा भट्टले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
चांगान लुमिनको आधुनिक र आकर्षक डिजाइन, पाँच जीवन्त बडी कलर र फिचरले विशेष गरी युवा तथा पर्यावरणप्रेमी ग्राहकलाई आकर्षित गर्ने कम्पनीको विश्वास छ । यसको मूल्य २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसमा ३५ किलोवाट मोटर रहेको छ जसमा रहेको २८.०८ किलोवाट आवरको ब्याट्रीले ३०१ किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ। गाडी ३५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ ।







प्रतिक्रिया