काठमाडौं । यस बर्षको दशैंका लागि बसको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा आज सरोकारवाला बीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल हुने भएको छ ।
मन्त्रालयमा आज दिउँसो यातायात व्यवसायी, ट्राफिक प्रहरीका प्रतिनिधि लगायतले अग्रिम टिकट बुकिङ खुलाउने बारे छलफल हुने भएको हो ।
छलफलपछि अग्रिम टिकट बुकिङ खुलाइने दिन तोकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
जेन जीको प्रदर्शनका कारण यातायात व्यवसायीहरूले गत मंगलबारदेखि सार्वजनिक यातायात बन्द गरेका थिए । अवस्था सामान्य भएसँगै शनिबारदेखि छोटो तथा लामो दूरीका सवारी साधन पुनः संचालनमा आएको थियो ।









प्रतिक्रिया