मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा



काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई नगद लाभांश घोषणा गरेको छ ।

बैंकले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको हो ।असोज २५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा नगद लाभांश वितरण गरिनेछ ।

  :