काठमाडौं । जगदम्बा मोटर्स अन्तर्गतको इलेक्ट्रिक सवारी साधन ब्रान्ड प्रोटोन ईमासले सुदूरपश्चिम प्रदेशको धनगढीको बोराडाँडीमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ ।
स्थानीय उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा अन्य अतिथिहरूको उल्लेखनीय उपस्थितिका बीच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष केशवराज जोशीले शोरुमको उद्घाटन गरेका थिए ।
यस अवसरमा तीनवटा प्रोटोन ईमास ७ सवारी साधन हस्तान्तरण समेत गरिएको थियो । यो अत्याधुनिक थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधा केन्द्रले ग्राहकलाई सबै सेवा एकै छानामुनि उपलब्ध गराउने कम्पनीले जनाएको छ । धनगढीका ग्राहकहरूलाई पनि देशभरका अन्य केन्द्रहरू सरह प्रिमियम मापदण्डमा आधारित सेवा प्रदान गरिने कम्पनीको भनाई छ ।
उद्घाटन समारोहमा केही ईमासका विद्यमान मालिकहरूले आफ्ना सकारात्मक अनुभवहरू साझा गरेका थिए, जसले नयाँ ग्राहकहरूलाई तत्काल बुकिङका लागि प्रेरित गरेको बताइएको छ ।









प्रतिक्रिया