काठमाडौं–रोयल इन्फिल्डले नेपालको मोटरसाइकल बजारमा नयाँ क्रान्ति ल्याउँदै आफ्नो बहुप्रतीक्षित स्क्र्याम ४४० काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच लन्च गरेको छ ।
एडभेन्चर क्रसओभरको रूपमा डिजाइन गरिएको यो मोटरसाइकलले शहरका व्यस्त सडकमा आवश्यक चुस्त गतिशीलता र अफरोडका चुनौतीपूर्ण ट्रेलहरूमा वास्तविक क्षमता मिश्रित गर्दै राइडरहरूलाई ‘जहाँ पनि, जुनसुकै समयमा रमाइलो’ को स्वतन्त्रता प्रदान गर्ने कम्पनीले जनाएको छ । मजबुत एलएस ४४० इन्जिनद्वारा सञ्चालित यो बाइकले २३.४ बीएचपी पावर र ३४ एनएम टर्क उत्पादन गर्छ, जसले सहज, शक्तिशाली र रोमाञ्चक सवारी अनुभव सुनिश्चित गर्छ ।
नेपालभरका सबै डिलरशिपहरूमा बुकिङ खुला भइसकेको यो मोटरसाइकलको मूल्य ६ लाख ८९ हजार ९ सय रुपैयाँबाट सुरु हुनेछ । यो क्रसओभर मोटरसाइकल ट्रेल र फोर्स गरी दुई भेरिएन्टमा उपलब्ध छ । ट्रेल भेरिएन्टले परम्परागत स्पोक ह्विल र ट्युब टायरसहित अफरोडका लागि आदर्श डिजाइन बोकेको छ, जुन ट्रेल ब्लु र ट्रेल ग्रीन कलर अप्सनमा आउँछ । यसको विपरीत, फोर्स भेरिएन्ट शहर–केन्द्रित सवारीलाई ध्यानमा राखेर आधुनिक अलोय ह्विल र ट्युबलेस टायरसहित तयार पारिएको छ, जुन फोर्स ब्लु, फोर्स ग्रे र फोर्स टील कलरमा उपलब्ध हुन्छ ।









प्रतिक्रिया