काठमाडौं। एलआरर मोटर्सले सोमबारदेखि बुटबलमा जीलीको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
कम्पनीले बुटवलका लागि सोमार्जुन मोटर्सलाई अधिकृत डिलर नियुक्त गर्दै सोमबार विशेष कार्यक्रमबीच नयाँ सोमार्जुन मोटर्स शोरूम औपचारिक रूपमा उद्घाटन गरिएको हो । कम्पनीले १ बर्षभित्र देशका विभिन्न स्थानमा १४ नयाँ डिलर विस्तार गर्ने समेत जनाएको छ ।
नयाँ शोरूमले बिक्री, बिक्रीपछिको सेवा तथा स्पेयर पाट्र्ससहित जिलीका आधुनिक ईभी लाइनअप ग्राहकसम्म सहज रूपमा पुर्याउने कम्पनीको भनाई छ ।
सोमार्जुन मोटर्सका सीईओ अर्जुन पाठकले बुटवलमा बढ्दो ईभी माग पूरा गर्न उच्चस्तरीय सेवा दिने प्रतिबद्धता व्यक्त गरे ।









प्रतिक्रिया