माघ १४, २०८२ मंगलबार | Tue Jan 27 2026

टाटाको ईभी बिक्रीले २ लाख ५० हजार युनिटको माइलस्टोन पार



काठमाडौं । सन् २०२० मा नेक्सनमार्फत ईभी बजारमा प्रवेश गरेको टाटा मोटर्सको ईभी बिक्रीले २ लाख ५० हजार युनिटको माइलस्टोन पार गरेको छ ।

टाटाको नेक्सन ईभीमात्रै हालसम्म १ लाख बढी बिक्री भएको कम्पनीले जनाएको छ । भारतीय ईभी बजारमा ६० प्रतिशतभन्दा बढी बजार हिस्सा लिएको टाटासँग हाल आधा दर्जन बढी मोडल टियागो, पन्च, नेक्सन, टिगोर, कर्भ र ह्यारियर ईभी रहेको छ भने फ्लिटका लागि छुट्टै एक्सप्रेस–टी ईभी पनि छ ।


आर्थिक वर्ष २०३० सम्ममा टाटा मोटर्सले अभिन्या र सियरासहित थप पाँच नयाँ ईभी मोडल थप गर्ने योजना पनि बनाएको छ ।

  :