माघ १३, २०८२ सोमबार | Mon Jan 26 2026

चाँडै नै देशभरबाट डेलिभरी शुरु हुँदै आइकार भी–२३



काठमाडौं । तीन महिना अगाडि नै सार्वजनिक भएको आइकार भी–२३ ईभीको आधिकारीक बिक्रेता एसपीजी अटोमोबाइल्सले चाँडै नै देशभरबाट डेलिभरी सुरु गर्ने भएको छ । यो ईभी सुरुमा बुकिङ गर्नेले ४७ लाखभन्दा कम मूल्यमा पाउने कम्पनीले जनाएको छ ।

आइकार भी–२३ मा १०० किलोवाटको इलेक्ट्रिक मोटर छ । यसमा मा ५९.९३ किलोवाट आवरको ब्याट्री छ । यसलाई सिंगल चार्ज गर्दा ४०१ किलोमिटर रेञ्ज दिने कम्पनीले जनाएको छ ।

आइकार भी–२३ इलेक्ट्रीक एसयूभीको लम्बाइ ४२२० एमएम, चौडाइ १९१५ एमएम, उचाइ २७३५ एमएम रहेको छ ।

  :