माघ १३, २०८२ सोमबार | Tue Jan 27 2026

कखरा प्रि स्कुलमा सरस्वती पुजा र अक्षराम्भ कार्यक्रम



काठमाडौं । आज श्रीपञ्चमीका दिन देशभर विद्याकी देवी अर्थात् सरस्वतीको पूजा–आराधना गरी विविध कार्यक्रम आयोजना गरि सरस्वती पूजा मनाईयो ।


प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन पर्ने यो दिनमा सरस्वतीको पूजा तथा आराधना गरे ज्ञान, विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । विद्यालय नपठाईएका साना बालबालिकाहरूलाई आजकै दिनदेखि अक्षराम्भ गराउने प्रचलन रही आएको छ । श्रीपञ्चमीको दिन बालबालिकाहरूलाई लेखपढ गर्न सिकाए उत्कृष्ट विद्याआर्जन गर्ने धार्मिक विश्वास रहेको पाइन्छ । यसैगरी आज श्रीपञ्चमी अर्थात सरस्वती पुजाको दिन स्कूलहरूले विभिन्न कार्यक्रमको आयोजना गरि भव्यताका साथ सरस्वति पुजा मनाएका छन् ।

यसैक्रममा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं १ लौहकिल्थली प्लानिङमा अवस्थित कखरा प्रि स्कूलले सरस्वती पुजा धुमधामसंग मनाउनुका साथै अक्षराम्भ कार्यक्रम गरेको छ। आज सरस्वती पुजाको दिन नयाँ भर्ना हुने नानीबाबुहरुलाई विशेष छुटको व्यवस्था समेत गरिएको स्कुलका प्रबन्ध निर्देशक उमानाथ निरौलाले जानकारी दिए ।

कखरामा आज बिहान भएको सरस्वती पुजामा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो । कखरा प्रि स्कुलमा अत्याधुनिक भौतिक संरचना, दक्ष शिक्षकमण्डल, र नवीनतम शिक्षण प्रविधिहरूले गर्दा यो स्कुल अभिभावकहरूको पहिलो रोजाइ बन्न पुगेको छ ।

  :