चैत्र २, २०८२ सोमबार | Mon Mar 16 2026

नागपोखरी याडिया इलेक्ट्रिक स्कुटरको सर्भिस सेन्टर सञ्चालनमा



काठमाडौं–याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले आफ्नो नयाँ सर्भिस सेन्टर काठमाडौंको नागपोखरीमा सञ्चालनमा ल्याएको छ । ग्राहकलाई अझ उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्ने उद्देश्यका साथ उक्त नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको कम्पनीले जानकारी दिएको छ ।


काठमाडौंको केन्द्रिय क्षेत्रमा रहेको सो नयाँ सर्भिस सेन्टरले याडिया स्कुटर प्रयोगकर्ताहरुलाई छिटो, प्रभावकारी र भरपर्दो मर्मत तथा सेवा सुबिधा प्रदान गर्ने लक्ष्य राखेको छ । यस केन्द्र सञ्चालनमा आएपछि ग्राहकले अब अझ सहज स्थानमा प्रविधिक सेवा तथा मर्मत सुबिधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, विगत ९ वर्षदेखी विश्वकै नम्वर १ इलेक्ट्रिक दुई पांग्रे सवारी ब्रान्डका रुपमा आफ्नो स्थान कायम राख्दै आएको याडियाले नेपाली बजारमा विभिन्न मोडलका प्रिमियम स्कुटर उपलब्ध गराउँदै आएको छ । यस ब्रान्डका भेलाक्स, ओविन तथा सबैभन्दा धेरै बिक्री हुने ई८एस प्रो मोडलले नेपाली उपभोक्ताबाट राम्रो प्रतिक्रिया पाइरहेका छन् ।

नागपोखरीमा खुलेको नयाँ सर्भिस सेन्टरले ग्राहक सेवालाई अझ सुदृढ बनाउने र याडिया प्रयोकर्ताहरुलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्ने विश्वास लिइएको छ । कम्पनीले आगामी दिनमा नेपालका अन्य प्रमुख शहरहरुमा पनि सर्भिस सेन्टर विस्तार गर्दै लैजाने योजना बनाएको समेत जनाएको छ ।

  :