काठमाडौं । एलआरआर मोटर्स प्रालिले प्रिमियम इलेक्ट्रिक एसयूभी जिली ईएक्स फाइभ म्याक्समा नयाँ वर्षमा ग्राहकलाई उपहार स्वरुप ‘नयाँ ऊर्जा, नयाँ यात्रा र नयाँ अनुभव’ नामक नयाँ वर्ष योजना ल्याएको छ ।
यस योजना अन्तर्गत जिली ईएक्स फाइभको म्याक्स भेरियन्ट खरिद गर्ने ग्राहकले दुई जनाका लागि ६ रात ७ दिनको थाइल्याण्ड भ्रमणको विशेष अवसर पाउने कम्पनीले जनाएको छ ।
यसका अतिरिक्त ग्राहकले स्मार्ट कफी मेसिन, एडाप्टर चार्जर, आकर्षक नगद छुट, ह्यासल फ्री फाइनान्सिङ सुविधा, १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स र १ वर्षको सडक कर निःशुल्क पाउने छन् ।
यो योजना २०८२ चैत १ गतेदेखि २०८३ वैशाख ७ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । इच्छुक ग्राहकहरूले कम्पनीको शोरुममा गई यस अफरको फाइदा लिन सक्ने पनि कम्पनीले जनाएको छ ।









प्रतिक्रिया