काठमाडौं । साउदीबाट डिजिटल वालेट टिग्मोमार्फत आईएमईमा रकम पठाउँदा अभिषेक कालाखेतीले बीवाईडी एट्टो १ ईभी जित्न सफल भएका छन् । ‘टिक्मोमार्फत आईएमई गरौँ, उपहार जितौँ’ योजना अन्तर्गत कालाखेतीले ईभी जितेका हुन्। आईएमईले एक विशेष कार्यक्रमको आयोजना गरी अभिषेककी श्रीमती कल्पना कालाखेतीलाई ईभी हस्तान्तरण गरेको छ।
यसैगरी युवराज न्यौपाने र सन्तोष गिरीले याडिया ओभिन इलेक्ट्रिक स्कुटर जितेका छन् भने १२ जनाले आइफोन १७ जितेका छन्। विजेता सबैलाई आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा टिग्मोका प्रतिनिधिले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए।
पुरस्कार हस्तान्तरण कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कागजबाट सुरु गरिएको रेमिट्यान्स सेवा हाल डिजिटल युगमा प्रवेश गरेको बताए। उनले साउदी अरबमा काम गर्ने नेपालीहरूलाई टिग्मोबाट आईएमईमा पैसा पठाउन आग्रह गरेका छन्।
आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले कम्पनीले गर्ने प्रमोसन क्याम्पेनहरू मार्केटिङका लागि मात्रै नभई सेवाग्राहीको व्यक्तिगत वा परिवारको हितमा हुने गरी ल्याउने गरेको बताए। कम्पनीले आगामी दिनमा पनि ग्राहकलक्षित विभिन्न योजनाहरू सञ्चालनमा ल्याउने जानकारी उनले दिए।
आईएमईले पुस २१ देखि चैत १७ सम्म यो योजना सञ्चालनमा ल्याएको थियो। योजना अन्तर्गत ५ जनाले १० हजार रुपैयाँ नगद पुरस्कार समेत हात पारेका थिए। योजना अवधिभर ७५ जना विजेताहरूले विभिन्न पुरस्कार प्राप्त गरेको कम्पनीले जनाएको छ। विजेताहरूको छनोट डिजिटल लक्की ड्रमार्फत गरिएको कम्पनीले जनाएको छ।









प्रतिक्रिया