१४ मंसिर २०८३, आइतबार | Sun Nov 29 2026

यस्तो छ एनएमबी बैंक लिमिटेड इभी अटो कर्जा’सुविधा



काठमाडौं । एनएमबी बैंक लिमिटेडले नयाँ विद्युतीय सवारी साधन खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै विशेष कर्जा आधार दरमा ०.५ प्रतिशत थप हुने गरी ‘‘इभी अटो कर्जा’सुविधा योजना सार्वजनिक गरेको छ।

काठमाडौंमा भएको नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गरी नयाँ विद्युतीय सवारीका लागि आधार दरमा ०.५ प्रतिशत थप हुने गरी ‘इभी अटो कर्जा’ सुविधा ल्याएको हो।

वातावरणमैत्री यातायात तथा दिगो बैंकिङलाई प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले किफायती ब्याजदरमा उक्त कर्जा योजना ल्याएको जानकारी दिएको हो ।
बैंकका अनुसार सीमित अवधिका लागि उपलब्ध हुने यो कर्जा सुविधा नयाँ विद्युतीय सवारी खरिद गर्ने ग्राहकले सरल र छिटो प्रक्रियामार्फत प्राप्त गर्न सक्नेछन्।

कर्जा लिन इच्छुक ग्राहकले एक्स्पोमा रहेको एनएमबी बैंकको स्टल वा देशभर रहेका बैंकका शाखामार्फत आवेदन दिन सक्ने पनि बैंकले जनाएको छ ।
एनएमबी बैंकले हाल देशभर १९८ वटा शाखा, १७६ वटा एटिएम तथा ९ वटा एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

  :