८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

राष्ट्रिय वाणिज्य बैंकको आकर्षक फेस्टिबल अफर



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपालीहरूको महान् चाड दशैँ, तिहार तथा छठको अवसर पारेर आकर्षक ‘फेस्टिबल अफर’ सार्वजनिक गरेको छ ।

बैंकले आफ्नै गाडी खरिद गर्ने सपना बुनेका ग्राहकहरूलाई लक्षित गर्दै ५.०२ प्रतिशतको सहुलियतपूर्ण वार्षिक ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने भएको छ ।

यस योजना अन्तर्गत इन्धनबाट चल्ने गाडीका लागि अधिकतम १ करोड रुपैयाँसम्म कर्जा पाइनेछ । ०.५० प्रतिशत मात्र प्रशोधन शुल्क रहने यस कर्जाको भुक्तानी अवधि अधिकतम ७ वर्ष तोकिएको छ ।

न्युन ब्याजदर र कम सेवा शुल्कका कारण मध्यमवर्गीय परिवारका लागि यो योजना निकै लाभदायक हुने बैंकको विश्वास छ । इच्छुक ग्राहकले देशभरका जुनसुकै शाखाबाट आवेदन दिन सक्ने पनि बैंकले जनाएको छ ।

  :