४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

भोटेकोशी बाढीपीडितका लागि एभरेस्ट बैंकको ३ करोड ११ लाख सहयोग



काठमाडौं । एभरेस्ट बैंकले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि ३ करोड ११ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत २ करोड ५१ लाख रुपैयाँ उपलब्ध गराएको हो। त्यसैगरी बैंकका कर्मचारीहरूले व्यक्तिगत रूपमा संकलन गरेको ६० लाख ५४ हजार ६ सय ५ रुपैयाँ पनि राहतका लागि प्रदान गरिएको बैंकले जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले उक्त सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्।

आर्थिक सहयोगसँगै बैंकका कर्मचारीहरूले बाढीबाट प्रभावित क्षेत्रका नागरिकका लागि खाद्यान्नलगायत आवश्यक राहत सामग्रीसमेत उपलब्ध गराएका छन्।

बाढीका कारण भोटेकोशी नदी आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि सरकारी तथा निजी क्षेत्रबाट राहत र पुनर्स्थापनाका लागि सहयोग जुटाउने क्रम जारी छ। एभरेस्ट बैंकले पनि प्रभावित समुदायको तत्कालीन आवश्यकता पूरा गर्न तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक तथा सामग्री सहयोग गरेको जनाएको छ।

  :