६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

अर्को हप्ता लन्च हुँदैछ नयाँ स्कोर्पियो



काठमाडाै‌ । महिन्द्राले चाँडै आफ्नो सबैभन्दा लोकप्रिय एसयूभी स्कोर्पियो–एन जुन २७ मा नयाँ अवतारमा लन्च गर्न लागेको छ । नयाँ स्कोर्पियोमा नयाँ फिचर र डिजाइन समावेश गरिएको छ । साथै कम्पनीले यसको अन्य डिजाइन र एक्सटेरियरको बारेमा धेरै विवरण सार्वजनिक गरेको छ । कम्पनीले यसलाई ‘बिग ड्याडी अफ एसयूभी’ भनेको छ ।

महिन्द्रा स्कोर्पियो–एन पूर्ण रूपमा नयाँ डिजाइनको साथमा उपलब्ध हुनेछ । कारको एक्सटेरियरमा प्रोजेक्टर हेडल्याम्प, एलईडी डेटाइम रनिङ लाइट, क्रोम गार्निश गरिएको ठाडो स्ल्यान्टेड फ्रन्ट ग्रिलको साथ पूर्ण रूपमा नयाँ फ्रन्ट उपलब्ध हुनेछ ।

कारको फ्रन्टको बम्परलाई फगल्याम्प हाउजिङको वरिपरि ठूलो एयर इन्टेक र सी–आकारको क्रोम ट्रिमको साथ अपडेट गरिएको छ । साथै स्पोर्टी एलोय ह्विल र रिफ्रेस गरिएको रियर प्रोफाइल पनि समावेश गरिएको छ ।

  :