माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन



काठमाडौं-दिगो भविष्यको प्रतिवद्धतासहित जनचेतना जगाउने उद्देश्यले वाकाथन नबिल बैंकले देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन गरेको छ।

शनिबार स्थापनाको ४० औँ वार्षिकोत्सवको अवसरमा बैंकले दिगो भविष्य निर्माणको प्रतिवद्धता जनाउँदै देशव्यापी वाकाथन आयोजना गरेको हो।

बैंकले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै दिगो भविष्यप्रति प्रतिवद्धताका लागि वाकाथनमार्फत ऐक्यवद्धता जनाएको छ।

वाकाथन शुभारम्भ गर्दै बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले नबिलले ४० वर्ष अगाडि नै दिगो पाइला चालेका कारण अहिलेसम्म आइपुगेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने प्रतिवद्धता जनाए।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र ढुंगानाले दिगो भविष्यको प्रतिवद्धतासहित देशव्यापी वाकाथन आयोजना गरिएको बताए।

वाकाथन शनिबार दरबारमार्गको तीनधारास्थित केन्द्रिय कार्यालयबाट सुरु भइ कमलादी, घण्टाघर, भद्रकाली मन्दिर, शहीद गेट, न्युरोड गेट, वसन्तपुर दरबार स्क्वायर हुँदैफेरि केन्द्रिय कार्यालायमा पुगेर टुंगिएको थियो।

बैंकका अनुसार नारायणगढ, विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, पोखरा, बुटवल, नेपालगञ्ज,सुर्खेत, धनगढी, हेटौँडा र दाङमा पनि एकैसाथ आज वाकाथन आयोजना गरिएको थियो।

बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।

  :