७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ग्लोबल आईएमई बैंकका कार्ड भएकालाई र्‍याडिसन होटलमा छूट




काठमाडौं– ग्लोबल आईएमई बैंकका डेबिट र क्रेडिट कार्ड भएका ग्राहकहरुले काठमाडौंस्थित र्‍याडिसन होटलमा १५ प्रतिशत छूट पाउने सम्झौता दुवै पक्षबीच भएको छ ।

सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ अफिसर दिलीप पोखरेल र र्‍याडिसन होटेलका निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बैंकका डेबिट र क्रेडिट कार्डवाहकले काठमाडौंको र्‍याडिसन होटेलमा उपलब्ध सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

बैंकका त्यस्ता ग्राहकले र्‍याडिसन होटेलमा उपलब्ध सेवामध्ये खाना, पेस्ट्री सप र ट्रानक्युलिटी स्पाका साथै र्‍याडिसनले सञ्चालन गरेको एयरपोर्ट रेस्टुरेन्टहरूबाट उपलब्ध सेवामा समेत उल्लिखित छुट पाउने बैंकले जनाएको छ ।

बैंकले विभिन्न संघ–संस्थासँग समन्वय गरी यस्ता किसिमका योजना ल्याउँदै गरेको जनाएको छ ।

  :